
गत आर्थिक वर्षको चौथो त्रैमासमा एनएमबि बैंकले ३ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ३.६३ प्रतिशतले धेरै हो । गत वर्ष यसले ३ अर्ब २९ करोड रुपैयाँ नाफा कमाएको थियो । असारसम्म आइपुग्दा एनएमबिको खुद ब्याज आम्दानी ३०.६० प्रतिशत र सञ्चालन नाफा ६.११ प्रतिशत बढेको छ ।
समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५० करोड रुपैयाँ रहेको छ। चुक्तापुँजी १८ अर्ब ३६ करोड रुपैयाँ रहेको बैंकको लाभांश क्षमता ८ प्रतिशतसम्मको रहेको छ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर २.७२ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल १.४५ प्रतिशत थियो। बैंकको खराब कर्जा बढ्दा प्रोभिजनका रुपमा राख्नुपर्ने इम्पेयरमेन्ट चार्ज पनि बढेर १ अर्ब १६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज ३ करोड ७२ लाख रुपैयाँमा सीमित थियोे।
बैंकको सञ्चालन मुनाफा ४ अर्ब ९४ करोड रुपैयाँ रहेकोे छ। अघिल्लो वर्ष यस्तो मुनाफा ४ अर्ब ६५ करोड रुपैयाँ थियो। सञ्चालन मुनाफा पनि ४.११ प्रतिशतले बढेको छ।