२०८१ चैत्र १२ मंगलवार

आज आइतबार तोलामा सुनको मूल्य ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ कायम छ ।

त्यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम थियो ।

आज चाँदीको मूल्य भने स्थिर कायम छ । आज चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँ कायम छ । जुन, गत साताको शुक्रबार पनि यही मूल्यमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय