
संवैधानिक परिषदले महालेखा परीक्षक, निर्वाचन आयोग आयुक्त, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र मुश्लिम आयोग सदस्यका लागि आवेदन खुला गरेको छ ।
परिषद सचिवालयले आइतबार सूचना निकालेर चार पदका लागि आवेदन माग गरेको हो । एकभन्दा बढी पदमा पनि एकै जनाले आवेदन दिन सक्ने छन् । तर त्यसका लागि छुट्टाछुट्टै फारम भर्नु पर्नेछ । संवैधानिक निकायका पदमा नियुक्त हुन योग्यता पुगेका नेपाली नागरिकहरूले आफ्नो विवरण १५ दिनभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेबसाइटमा रहेको फारम भरेर बुझाउनु पर्नेछ ।
विवरण संवैधानिक परिषद सचिवालयको sambaidhanik@opmcm.gov.np मा इमेल गर्न सकिनेछ । केही दिनअघि बसेको संवैधानिक परिषद बैठकले प्रधानन्यायाधीश सिफारिस गरेको थियो भने यी ४ पदमा आवेदन माग गर्दै १५ दिने सूचना निकाल्ने निर्णय गरेको थियो ।
हेर्नुस् सूचना