२०८१ चैत्र १२ मंगलवार

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (सोमबार)का लागि सुनचाँदीको दरभाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावला सुन भाउ एक सय रुपैयाँले घटेको छ । अघिल्लो दिन अर्थात आइतबार प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावला सुनको मूल्य आज प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८५० रुपैयाँमा खरिद बिक्री भएको महासंघले जनाएको छ । अघिल्लो दिन भने तेजावी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय