२०८१ चैत्र १२ मंगलवार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।

हिमालय एयरलाइन्सबाट चीन जान लागेका ली जियालिन र लिउ फुयानलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले राति नियन्त्रणमा लिइ प्रहरीको जिम्मा लगाएको हो ।

दुवै चिनियाँ नागरिक हङकङबाट क्याथे प्यासेफिकको उडानमा ल्याइएको तस्करीको सुन प्रकरणका मुख्य अभियुक्तमध्येका रहेको आशंकामा पक्राउ गरिएको छ । यही प्रकरणमा तिब्बती मूलका बेल्जियन नागरिक र भारतीय नागरिकसहित १८ जना पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय