२०८२ बैशाख ६ शनिबार

नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेको छ । विहिबार प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले घट्दै १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि तोलामा २ सय रुपैयाँले घटेर १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले मात्र घटेको छ ।

आज चाँदीको प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँ कायम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय