
यातायात व्यवस्था विभागले निर्धारित समय भन्दा ढिलो लाइसेन्स नविकरण गर्न जाने सेवाग्राहीलाई पाँच सय प्रतिशतसम्म जरिवाना लगाउदै आएको छ ।
लाइसेन्स बाहक सेवाग्राहीले मिति नाघेको ९० दिन भित्र नविकरण गर्न आवेदन दिएमा कुनै जरिवाना लाग्दैन । तर, ९० दिन कटेपछि भने पहिलो वर्ष सत प्रतिशत, दोस्रो वर्ष दुई सय प्रतिशत, तेस्रो वर्ष तिन सय प्रतिशत, चौथो वर्ष चार सय प्रतिशत र पाँच वर्षपछि पाँच सय प्रतिशतसम्म जरिवाना तिर्नु पर्ने विभागले व्यवस्था गरेको छ । उक्त अवधिमा पनि नविकरण नभए लाइसेन्स स्वतः खारेज हुने व्यवस्था छ ।
सामान्यतः एउटा लाइसेन्सको आयु १० वर्ष हुन्छ । सामान्य रुपमा लाइसेन्स नविकरण शुल्क वापत २ हजार रुपैयाँ तिर्नु पर्छ । तर, ५ वर्षपछि नविकरण गर्दा १२ हजार रुपैयाँ बुझाउनु पर्ने व्यवस्था रहेको छ ।