२०८२ श्रावण १ बिहीबार

प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशले वन सेवाका ५२ पद संख्यामा विज्ञापन आह्वान गरेको छ ।

मंगलवार प्रकाशित विज्ञापनअनुसार वन रक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन आह्वान गरिएको हो । वन, जनरल फरेष्ट्रीका लागि खुलातर्फ २९, समावेशी समूहतर्फ महिला ८, आदिवासी जनजाति ६, मधेसी ५ जनाका लागि आवेदन खुला गरिएको छ।

त्यस्तै दलिततर्फ २, पछाडि पारिएको क्षेत्र र अपाङ्गताबाट १(१ जना पदपूर्ति गर्ने गरी आवेदन खुला गरिएको सूचनामा उल्लेख छ।भदौ १८ गतेसम्म ३०० रूपैयाँ (समावेशी समूहतर्फ पनि भर्ने भए थप १०० रूपैयौँ) तिरर दरखास्त दिन भनिएको छ। भदौ २५ गतेसम्म दोब्बर दस्तुर तिरेर भर्न सकिने पनि आयोगले जानकारी दिएको छ।

अनलाइन दरखास्त प्रणालीमार्फत दरखास्त दिन सकिने सूचनामा उल्लेख छ । भदौ २५ गतेसम्म दरखास्त दिने समय तोकिएको छ । न्युनतम योग्यता ८ कक्षा उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर