२०८२ जेष्ठ ३ शनिबार

प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र छानबिनका लागि भन्दै सिटिजन्स बैंकका केही कर्मचारीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार नक्कली प्रमाणपत्रका आधारमा बैंकका कार्यरत रहेको सूचनाका आधारमा सिटिजन्स बैंकका विभिन्न शाखामा कार्यरत ६ जना कर्मचारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चालकटोल बुटवल शाखामा कार्यरत मनिषा मास्के, मणिग्राम शाखाका गोमा ज्ञवाली, कालिकानगर शाखाका कल्पना खत्री, कालिकानगर शाखाका प्रतीक्षा रेग्मी, बुटवल शाखाका खिमडा गौतम तथा दीपक विष्ट (नागरिक बैंक मुद्दा) रहेका कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय