२०८२ जेष्ठ २९ बिहीबार

गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा नेको इन्स्याेरेन्सको खुद नाफामा सामान्य सुधार भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा १.५३ प्रतिशतले बढेर ५५ करोड ३१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षमा ५४ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसअवधिमा खुद बिमा शुल्क आम्दानी ४.०३% ले घटेर १ अर्ब ६५ करोड ९७ लाख ४ हजार रुपैयाँ कायम भएको छ । यद्दपि, पुनर्बिमा कमिसन, लगानी तथा कर्जा आम्दानीलगायत सूचकमा सुधार भएपछि नाफा सामान्य बढेको हो । बिमा कोषको आकार भने २०.३४ प्रतिशतले बढेर १ अर्ब ६३ करोड ३६ लाख रुपैयाँ पुगेको छ । रिजर्भ कोषमा भने सामान्य गिरावट आएको छ । यसको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ४९ पैसा र प्रतिसेयर नेटवर्थ २१० रुपैयाँ ७९ पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर