
नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य स्थिर रहेको छ ।
बिहिबार प्रतितोला १ लाख १० हजार ४ सयमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज तेजावी सुन पनि स्थिर रहदै प्रतितोला १ लाख ९ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।