
प्रि-ओपन सेसनमा नेप्से सूचक ०.३९ विन्दुले बढेको छ।
यससँगै सूचक २०४५.८५ अंकमा आएको छ। १ लाख ८२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १८ कम्पनीको ४२२ कित्ता सेयर कारोबार भएको हो। यो सेसनमा कुल २८ पटक सेयर कारोबार भएको हो।
१३ कम्पनीको भाउ बढ्दा ५ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन।