
नेपाली बजारमा आज सुनकाे मूल्य स्थिर रहेकाे छ।
बिहीबार १ लाख ११ हजार १ सय रूपैयाँमा काराेवार भएकाे सुन आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ। यस्तै तेजाबी सुन १ लाख १० हजार ५ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज चाँदीको भाउ १० रूपैयाँले घटेकाे छ। बिहीबार १ हजार ४ सय ६० रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय ५० रूपैयाँमा काराेवार भइरहेकाे छ।