
ढुसी परेको कोककोला बिक्री गर्ने कालिञ्चोक ट्रेडिङ नेपाल कारबाहीमा परेको छ । काठमाडौं महानगरपालिकाले कोकाकोला बिक्रेता कालिञ्चोक ट्रेडिङलाई १ लाख ५० हजार रुपैयाँ जरिवाना गराएको हो ।
वितरकको लापरबाहीले गर्दा कोककोला अखाद्य भएकोले निष्कर्षसहित महानगरले डेढ लाख जरिवाना गराएको हो । शुक्रबार भृकुटी मण्डपमा १ थान सिसाको बोत्तलमा ढुसी लागेको कोकाकोला भेटेपछि महानगरले उत्पादन कम्पनीसँग छलफल गरेको थियो ।
उत्पादन कम्पनीले एउटै ब्याजको कोकाकोलामा अन्त समस्या नभएको तर एकठाउँमा मात्रै समस्या भएपछि ढुवानी गर्दा वा अन्य कारणले लिकेज भएको निष्कर्ष निकालेको थियो ।