
आज बिहिबार पनि सुनको मूल्य बढेको छ । सुन आज तोलामा ३ सय रुपैयाँले बढेको हो ।
छापावाल सुन आज बिहिबार तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज तेजावी सुनको मूल्य पनि तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो बुधबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सयमा कारोबार भएको थियो भने तेजावी सुन १ लाख ११ हजार ९५० मा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।