
आज बिहीबारदेखि सेयर बजार आइतबारसम्मको लागि बन्द हुने भएको छ।
आज बिहीबार (भदौ १४ गते) जनैपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। भोली शुक्रबार र शनिवार नियमित कारोबार बन्द हुने हुँदा अब शेयर बजार आईतबार मात्रै खुल्ने छ।
अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि बुधबार नेप्से सूचक २.८२ अंकले घटेर १९९०.५९ विन्दुमा अडिएको छ ।