२०८१ चैत्र १२ मंगलवार

निक्षेप तथा कर्जा सुरक्षण कोषको ५०औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।

कोषको केन्द्रीय कार्यालय टंगालमा गरिएको खुल्ला रक्तदान कार्यक्रममा कोषका कर्मचारी, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुसहित ४४ जनाले रक्तदान गरेका थिए । रक्तदान गर्नेहरुलाई कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले प्रशंसापत्र प्रदान गरेका थिए ।

सिइओ घिमिरेका अनुसार दुई लाखबाट शुरु भएको निक्षेप सुरक्षण कार्यक्रम अहिले पाँच लाखको सिमामा पुगेको छ। असार मसान्तसम्म १२ खर्ब ३३ अर्बको हाराहारीमा निक्षेपको सुरक्षण गरिएको छ । यसका साथै दुई खर्ब ७४ अर्बको कर्जाको सुरक्षण गरिएको उनले जानकारी दिए ।

निक्षेपतर्फ सवा चार करोड निक्षेप सुरक्षण दायराभित्र खाताहरू आइसकेका छन् । कर्जा सुरक्षण तर्फको करिब १७ लाखको हाराहारीमा खाता रहेका छन् । कुल निक्षेपको झन्डै २२ प्रतिशत निक्षेपलाई सुरक्षण गरिएको सिइओ घिमिरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय