
बाल गायक सुप्रीम मल्ल ठकुरी कुनै नयाँ नाम होइन नेपाली गीत र संगीतमा सयौ चर्चित गीत गायका सुप्रीम हरेक समय चर्चाको शिखरमा हुन्छन र बाल गायनमा एकछत्र राज पनि गरिरहेका छन । २ सय बढी गीतमा स्वर भरेका सुप्रीमका प्राय सबै गीत चर्चित छन् ।
पोहोर साल ‘ हाम्री दिदी ’ बोलको तीज गीत लिएर आएका सुप्रीमले भने यसपटक सामाजिक यथार्थ घटना जातिय विभेद र यसबाट भोग्न परेको समस्यालाई चित्रण गर्दै ‘ तीज आउँछ परेली भिजाउँछ ’ बोलको गीत सार्वजनिक गरेका छन ।
सुप्रीम मल्ल, मन्जु भट्टराई र धुर्ब राज धितालको स्वरमा सजिएको उक्त गीतको शब्द भने मल्लका बुबा कृष्ण मल्ल ठकुरीको रहेको छ । उक्त गीतमा संगीत धुब्र राज धितालको रहेको छ, भने सुप्रीम र मन्जु स्वयम् आफैले अभिनय गरेका छन् ।
साथै हरिस धिताल, रश्मि भट्ट, सविन बास्तोला लगायतले अभिनय गरेका छन् । उक्त गीतको छायांकन दुर्गा पौडेल र निर्देशन नारायण उपाध्यायले गरेका छन् । काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका (६, आपघाटमा छायांकन भएको उक्त गीतको भिडियो सुप्रीम मल्ल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् उक्त भिडियो