२०८१ चैत्र ११ सोमबार

स्थानीय तहको पैसा बैंकहरुले आजदेखि निक्षेपको रूपमा गणना गर्न पाउने भएका छन् । अर्थमन्त्रालयको निर्देशन अनुसार वाणिज्य बैङ्कहरूले आजबाट स्थानीय तहको ६० प्रतिशत रकमलाई निक्षेपमा गणना गर्न पाउने भएका हुन्।

यसअघि गत आर्थिक वर्षको स्थानीय तहको रकम असारमसान्तसम्म निक्षेपमा गणना हुँदै आएको थियो। गत असार सम्मसम्म स्थानीय तहको ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाइने व्यवस्था थियो । त्यसले तरलता व्यवस्थापनमा बैङ्कहरूलाई सहज भएको थियो । त्यसको म्याद थप नगर्दा निक्षेपबाट झन्डै ९० अर्ब हाराहारी पैसा निस्केको थियो ।

त्यसपछि यसलाई निरन्तरता दिन बैंकरहरूले लबिङ गर्दै आएका थिए । सोही अनुसार अर्थमन्त्री प्रकाशशरण महतले स्थानीय तहको ६० प्रतिशत पैसा निक्षेपमा गणना गर्न दिने निर्णय गरेका हुन।

बैङ्कहरूले यो सुविधा आगामी चैत मसान्तसम्म पाउने छन् । स्थानीय तहको ६० प्रतिशत रकम पुनः निक्षेपमा गणना गर्न पाउने सरकारको पछिल्लो नीतिले बैङ्किङ प्रणालीमा ६७ अर्ब ७० करोड रुपैयाँ बराबरको निक्षेप थपिने भएको छ । अहिले बैङ्कहरूमा स्थानीय तहको ११२ अर्ब भन्दा बढी पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर