२०८१ चैत्र १२ मंगलवार

नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङ निधन भएको छ । हृदयघातका कारण बालुवाटारस्थित घरको शौचालयमा बेहोस भएपछि नेम्वाङलाई गए राति शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो। सोमबार राती १ बजेर ४० मिनेट जाँदा उनको निधन भएको घोषणा गरिएको थियो।

सरकारले राजकीय सम्मानका साथ दिवगंत नेता सुवास नेम्वाङको अन्त्येष्टि गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलबार बिहान बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । नेम्वाङको अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णयसमेत सरकारले गरेको छ ।

२०५१ मा कानुन मन्त्री भएका नेम्वाङ २०६३ को अन्तरीम संसदका सभामुख थिए। पहिलो र दोस्रो संविधानसभाका अध्यक्ष रहेका नेम्वाङले संविधानका अन्तरबस्तुमा दलहरूलाई सहमतिमा ल्याउन भूमिका खेलेका थिए। नेम्वाङकै नेतृत्वमा २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय