
एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीहरुलाई कुल २०.५३% लाभांश घोषणा गरेको छ। बैंकको बुधबार साँझ बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट १०% बोनस सेयर र यसमा लाग्ने करसहित १०.५३% नगद गरी कुल २०.५३% लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र एभरेष्टको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भए पछि सेयरधनीहरुलाई वितरण हुनेछ।
एभरेष्ट बैंकले अघिल्लो आर्थिक वर्ष २०७८-७९ मा भने १३% बोनस सेयर र करसहित ७.६८% नगद गरी कुल २०.६८% लाभांश वितरण गरेको थियो।