
नेपाली बजारमा आज सुनको मूल्य ६ सय रूपैयाँले बढेको छ। बिहीबार १ लाख ११ हजार २ सय रूपैयाँमा कारोवार भएको सुन आज १ लाख ११ हजार ८ सय रूपैयाँमा कारोवार भइरहेको छ।
यस्तै तेजावी सुन आज १ लाख ११ हजार २ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ। यता, चाँदीको भाउ प्रतितोला १० रूपैयाँले बढेको छ।
बिहीबार १ हजार ३ सय ८५ रुपैयाँमा कारोवार भएको चाँदी आज १ हजार ३ सय ९५ रूपैयाँमा कारोवार भइरहेको छ।