२०८१ चैत्र १० आईतवार

एनआईसी एशिया लघुवित्तको कम्पनी सचिवमा किरण पौडेल नियुक्त भएका छन् । आज (शुक्रबार) बिहान बसेकोे सञ्चालक समितिको १८४औँ बैठकबाट पौडेललाई संस्थाको कम्पनी सचिव पदमा नियुक्ति गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ ।

पौडेल कम्पनी सचिवमा नियुक्त हुनुअघि उक्त संस्थामा प्रमुख रणनीति अधिकृतको रुपमा कार्यरत थिए । साथै यसअघि संस्थाको प्रमुख जोखिम अधिकृतको पदमा कार्यरत विशाल उप्रेतीले नै उक्त संस्थाको कम्पनी सचिवको जिम्मेवारी सम्हालिरहेका थिए ।

सञ्चालक समितिको बैठकबाट उप्रेतीको राजिनामा स्वीकृत भएपश्चात् पौडेलले संस्थाको कम्पनी सचिव पदको जिम्मेवारी सम्हालेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय