२०८१ चैत्र १२ मंगलवार

आज सुनको मूल्य घटेकाे छ । आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेसँगै छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ४५० रुपैयाँ कायम छ ।

हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ थियो । त्यस्तै, चाँदीकाे मूल्य तोलामा १५ रुपैयाँले घटेकाे छ ।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर तोलामा १३ सय ८५ रुपैयाँ कायम छ । हिजो चाँदीको मूल्य तोलामा १४ सय रुपैयाँ कायम थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय