
सरकारले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेर नयाँ कीर्तिमान बनाएको छ । नेपाल आयल निगमले शनिबार जारी गरेको नयाँ मूल्यसूचीअनुसार ग्यासको मूल्य प्रतिसिलिण्डर दुई हजार ११० पुगेको छ ।
निगमले एकै पटक ग्यासको २१५ रुपियाँ मूल्यवृद्धि गरेको हो । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १८५ पुगेको छ भने डिजेल १७९ पुगेको छ । यस्तै, हवाई इन्धन छ रुपियाँ वृद्धि गरी प्रतिलिटर १४४ पुगेको छ ।
यस्तो छ निगमको विज्ञप्तिः