२०८१ चैत्र १२ मंगलवार

सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले शनिबार रातिदेखि लागू हुने गरि आयल निगमले बढाएको ग्याँससहित पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरानै मूल्यवृद्धि कायम गर्न आयल निगमलाई निर्देशन दिएको जानकारी दिए । निगमले शनिबार सूचना जारी गर्दै पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरिएको जानकारी दिएको थियो ।

चाडपर्वको मुखमा सरकारले मंहगी बढाएको भन्दै व्यापक आलोचना भएपछि प्रधानमन्त्रीले पुरानै मूल्य कायम गर्न निर्देशन दिएका हुन् । यससँगै अब शनिबार रातिदेखि बढेको मूल्य लागू नहुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय