२०८१ चैत्र २ शनिबार

सरकारसँगको सहमतिको मसी सुक्न नपाउँदै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका चिकित्सक कुटिएका छन् । आइतबार बिहान ओपीडीमा बिरामी जाँच गराइरहेका चिकित्सक डा. मनिष खड्कामाथि आक्रमण भएको हो ।

बिरामीलाई समयमै जाँच नगरेको भन्दै बिरामीका आफन्तले डा. खड्कामाथि हेलमेट प्रहार गरेका हुन् । चिकित्सकमाथि आक्रमण गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । बिरामी उपचारमा खटिएका आफ्ना सहकर्मीमाथि आक्रमण भएपछि अस्पतालका स्वास्थ्यकर्मी तथा चिकित्सकहरू विरोधमा उत्रिएका छन् ।

उनीहरू अस्पताल अगाडि सडकमा प्रदर्शन गरिरहेका छन् । लामो समयदेखि आन्दोलनमा उत्रिएका चिकित्सक र सरकारबीच शनिबार मात्रै सहमति भएको छ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र आन्दोलित चिकित्सक बीच सहमति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय