
काठमाडौं महानगरपालिकाले स्लाइस उत्पादन कम्पनी बरुण वेभरेज लाई कारवाही गरेको छ । स्लाइसमा अखाद्य वस्तु भेटिएपछि २ लाख रुपैयाँ जरिवाना गराएको हो । पछिल्लो समय काठमाडौं महानगरपालिकाले नियमित अनुगमन गरिरहेको छ ।
स्लाइस उत्पादन कम्पनी बरुण वेभरेजलाई काठमाडौं महानगरपालिकाले २ लाख रुपैयाँ जरिवाना गरेको हो। सो कम्पनीले उत्पादन गरेको स्लाइसमा अखाद्य वस्तु भेटिएपछि जरिवाना तिराइएको काठमाडौं महानगरपालिकाले जनाएको छ।
बजार अनुगमनको क्रममा काठमाडौं महानगरपालिका–३२ स्थित कालिमाटीमा सञ्चालित एक पसलमा बेच्न राखिएको स्लाइसमा अखाद्य वस्तु भेटिएको महानगरले जनाएको छ ।
यस्तै प्याकिङ पछि भौतिक र रासायनिक दुवै रुपमा अनिवार्य गुणस्तर मापन गर्न समेत निर्देशन दिएको छ । अखाद्य स्लाइसको लटमा उत्पादन भएका अन्य उत्पादनहरुको पुनः गुणस्तर परीक्षण गर्नपनि अनुमगन टोलीले कम्पनीलाई निर्देशन दिएको छ ।