२०८१ चैत्र २ शनिबार

आज सुनको मूल्य बढेको छ । लगातार ८ दिन घटेपछि आज बुधबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

मूल्य बढेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार ४०० रुपैयाँ छ । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ६हजार १०० रुपैयाँ थियो ।

सुनको मूल्य यही असोजको ८ गतेदेखि निरन्तर घट्न थालेको थियो । त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर कायम भएको छ । महासंघका अनुसार आज चाँदी १३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय