
नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुबैको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज अघिल्लो दिन बिहिबारकै मूल्यमा सुनचाँदीकाे काराेबार भइरहेकाे छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको हो । यस्तै, तेजाबी सुनको मूल्य पनि स्थिर रहँदै आज प्रतितोला १ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य समेत स्थिर रहँदै आज प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।