२०८१ चैत्र १२ मंगलवार

पछिल्लो समय झापामा मोबाइल चोरीका घटनामा वृद्धि भएको छ । चोरी गर्ने गिरोहले बिर्तामोडसहित विभिन्न क्षेत्रमा मोबाइल चोरी गर्ने गरेको स्थानीयले बताए ।

इलाका प्रहरी कार्यालय अनारमनीमा मोबाइल चोरीका घटनाका उजुरी पर्ने क्रम बढेको छ । २०८० असार १ गतेबाट भदौ ३१ गतेसम्ममा ४५ वटा मोबाइल चोरी भएको उजुरी दर्ता भएका छन् ।त्यस्तै सोही अवधिमा ४९ वटा मोबाइल हराएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

तीन महिनाको अवधिमा चार जनाविरुद्ध मुद्दा दर्ता गरिएको तथा १३ जनालाई पक्राउ गरिएको जनाइएको छ । प्रहरीले बरामद गरेको सात र फेला पारेको ११ थान मोबाइल सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको इलाका प्रहरी कार्यालय अनारमनीको तथ्याङ्कमा उल्लेख रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय