२०८२ श्रावण १ बिहीबार

शिवम् सिमेन्टका भीपी (सेल्स एण्ड मार्केटिङ) निखिल अग्रवालले माहात्मा गान्धी राष्ट्रिय अभिमान पुरस्कार पाएका छन् । शिवम् सिमेन्टको स्थापना कालदेखि नै निरन्तर कार्यरत रहेका अग्रवाल उक्त पुरस्कार पाएको कम्पनीले जानकारी दिएको छ ।

ब्राण्डम्यान इण्डिया पीआर एण्ड प्रोमोसनले हरेक वर्ष अन्तर्राष्ट्रिय स्तरमा अवार्ड कार्यक्रम गर्दै आइरहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका औद्योगिक क्षेत्रहरुलाई प्रोत्साहन गर्नु यसको प्रमुख लक्ष्य हो । यस्तै, ब्राण्डम्यान इण्डियाले उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने, विभिन्न उद्योगहरुमा नेतृत्व गर्ने कर्मचारी तथा व्यवस्थापक छनौट गरी पुरस्कार वितरण गर्ने तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरुसँग समन्वय गराई व्यापार विस्तारको अवसर प्रदान गर्दै आइरहेको छ ।

ब्राण्डम्यान इण्डिया पीआर एण्ड प्रोमोसनले हरेक वर्ष आयोजना गर्ने यस अवार्ड कार्यक्रममा विभिन्न राष्ट्रका विभिन्न विधामा आफ्नो राष्ट्रिय स्तरका व्यापारिक क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कर्मचारी, व्यवस्थापक तथा उद्योगको छनौट गरी यसको समग्र क्षेत्रको मूल्याङकन, व्यवस्थापन तथा राष्ट्रिय स्तरमा पु¥याएको उत्कृष्ट योगदानको आधार अवार्ड दिने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर