२०८१ चैत्र १२ मंगलवार

नर्सरी व्यवसायी संघ, नेपालले तिहारलाई मध्य नजर गर्दै ‘तिहार फ्लोरा एक्स्पो २०८०’ आयोजना गर्ने भएको छ । यही कात्तिक १४ गतेदेखि १८ गतेसम्म काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा पाँचदिने तिहार फ्लोरा एक्स्पो हुने संघले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

उक्त एक्स्पोमा देशका विभिन्न भागबाट नर्सरी व्यवसायीको सक्रिय सहभागिता रहने मेलाका संयोजक रविनकुमार गौतमले बताए । मेलामा विभिन्न प्रजातीका फूल तथा नफुल्ने आलंकारिक फूलका विरुवालगायत कृषि तथा जडिबट्टी नर्सरी र फलफूलका नर्सरीबाट उत्पादित बोटविरुवाहरू प्रदर्शनी तथा बिक्रीमा राखिने छ ।

मेलामा ६० वटा व्यवसायिक स्टल रहने बताइएको छ । साथै, मेलामा मलखाद, अर्घानिक एवं रसायनिक बिषाधी, बिउ विजन, औजार उपकरण तथा प्रविधिहरूको समेत स्टल रहने संघले जनाएको छ । नर्सरी व्यवसाय गर्न चाहने नवउद्यमी, जिज्ञाशु एवं अध्ययन अध्यापनका साथै अनुसन्धान गर्नेका लागि मेलाले अवसर उपलब्ध गराउने पनि संघले जनाएको छ ।

मेलाको आकर्षणको रूपमा प्रदर्शित फूलको विरुवाको प्रस्तुति सम्बन्धित क्षेत्रको विज्ञ प्राविधिकद्वारा मूल्याङ्कन गराई शिल्ड तथा नगद पुरस्कार दिइने भएको छ भने लामो समयदेखि नर्सरी व्यवसायमा क्रियाशील व्यवसायीमध्येबाट १ जनालाई सम्मान गरिने जनाइएको छ ।

उक्त मेलामा कम्तीमा ३० हजारले अवलोकन गर्ने र ५० लाखभन्दा बढीको आर्थिक कारोबार हुने संघको अपेक्षा रहेको छ । मेला अवलोकन गर्न सर्वसाधारणका लागि प्रवेश शुल्क प्रतिव्यक्ति एक सय रुपैयाँ र विद्यार्थीका ५० रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय