२०८१ चैत्र १० आईतवार

आज मंगलबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य ५ सय रुपैयाँले घटेको हो ।

हिजो सोमबार प्रतितोला १ लाख १६ हजार ५ सय कारोबार भएको छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले घटेर १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा ५ सय रुपैयाँले घटेर आज एक लाख १५ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको भाउ भने आज सामान्य बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेर प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय