२०८१ चैत्र २ शनिबार

नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा एक हजार रूपैयाँले घटेको हो ।

मंगलबार प्रतितोला १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १५ हजार रुपैयाँमा कारोवार भइरहेको छ । साथै तेजाबी सुन प्रतितोला १ लाख १४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । मंगलबार १ हजार ४ सय २० रूपैयाँमा कारोवार भएको चाँदी आज १ हजार ३ सय ८५ रूपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय