२०८१ चैत्र १२ मंगलवार

नेपाली जुत्ता चप्पल उत्पादक समुहद्धारा “नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान” भन्ने मुख्य नारा सहित नेपाली ब्राण्डका जुत्ता चप्पलको सामुहिक शोरुम न्यूरोड नेपाली जुत्ताघरको उद्घाटन गरिएको छ ।

यस सामुहिक शोरुमको उद्घाटन प्रतिनिधि सभा सदस्य माननिय लाल प्रसाद सावा लिम्बुले गर्दै शोरुमको सफलताका लागि शुभकामना समेत दिएका छन्। शोरुमले नेपाली उत्पादनको प्रवर्द्धन का लागि सक्दो सहयोग गर्ने र नितिगत रुपमा सिङ्गो उत्पादन क्षेत्रलाई अगाडी बढाउनका लागि महत्वपूर्ण भुमिका निभाउने विश्वास व्यक्त गरेका थिए । साथै उद्योगमार्फत रोजगारी सिर्जना गरी आर्थिक रुपमा योगदान पुर्याएकोमा जुत्ता उत्पादक उद्योगी व्यवसायीहरुलाई धन्यवाद ज्ञापन गरे ।

उद्घाटन कार्यक्रममा उद्योग बाणिज्य महासंघका पुर्वकार्यकारी सदस्य, बर्तमान कार्यकारी सदस्य तथा फुटवेयर व्यवसायीहरुको उपस्थिती रहेको थियो । स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उदेश्यले नेपाली जुत्ता उत्पादक समुहद्धारा सामुहिक शोरुम अवधारण अन्तर्गत खोलिएको यस न्यूरोड नेपाली जुत्ताघर चौथो शोरुम हो ।

यसअघि पोखरा, बुटबल र जनकपुरमा तिनवटा सामुहिक शोरुमको उद्घाटन गरिसकेको छ । साथै आगामी दिनमा देशभरका बिभिन्न स्थानहरुमा नयाँ शोरुमहरु खोल्ने र उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादनहरु उपलब्ध गराउने जानइएको छ। न्यूरोड नेपाली जुत्ता घरमा वि.एफ डियर हिल र वि.एफ स्पोट, क्रस रोड, रोयल शुज, फस्टवाक शुज, डि.जे. शुज, कोसेली सुज, रन शुज र स्मार्ट शुज गरी ८ वटा ब्राण्डका आधुनिक तथा गुणस्तरीय जुत्ता चप्पलहरु आकर्षक छुटमा उपलब्ध रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय