२०८१ चैत्र १० आईतवार

बेनेली मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक केटिएम इन्टरनेशनल ट्रेडिङ प्रा.लि.ले इटालीमा बनेको र विश्वमा सबैभन्दा बढी बिक्री हुने मोटरसाइकल चाडपर्वलाई लक्षित गर्दै ‘पहिला कहिल्यै नभएकोअहिले’ शीर्षक अन्तर्गत दशैँ तथा तिहारका लागि यो योजना ल्याएको छ ।

उक्त अफर बेनेलीका सबै मोडलका मोटरसाइकलका लागि मान्य हुनेछ । यसमा ग्राहकहरूले प्रत्येक खरिदमा थाइल्याण्डको निःशुल्क यात्रा वा सो बराबरको नगद छुट, बेनेलीको ब्रान्डेड हेल्मेट र अन्य धेरै उपहार प्राप्त गर्न सक्नेछन् ।

यो अफर विभिन्न मोडलहरूमा विविधिकरण गरिएको छ जसमा बेलेनी पेनेरिया स्कुटर, टिएनटी–१५,टिएनटी–१५० आइ र ३०२ एस मोडलमा ग्राहकहरुले १ लाख रुपैयाँसम्मको स्क्याच कुपन र १८० एस तथा टिआरके बेनेली मोटरसाइकलमा थाइल्याण्ड भ्रमण वा सो बराबरको नगद छुट पाउनेछन् ।

नेपालमा बेनेली मोटरसाइकल हाल निम्न मोडलहरु उपलब्ध छन्ः

टिएनटि–१५ बेनेलीको सबैभन्दा किफायती र भरपर्दो मोटरसाइकल हो । टिएनटि–१५आई —जसमा ट्रेलिस फ्रेम, अपसाइड डाउन फोर्क्स र इएफआई (इलेक्ट्रोनिक फ्युल इन्जेक्शन) सुविधा प्राप्त छ । १८० एस मोडल–जुन विशेष डिजाइन र उत्तिकै आरामदायी छ । टिआरके–२५१–यो मोटरसाइकल साहसिक र एडभेन्चर कार्यको लागि राइडरको चाहना अनुसारले डिजाइन गरिएको छ ।

३०२ एस–जसमा समान दुइवटा इन्जिनले युक्त छ । टिएनटी–६०० आइ–जसले इनलाइन सुविधा सहित चार सिलिन्डरको इन्जिनले युक्तछ ।साथै ७५२ एसमोडल–जसले नेपालका सडकहरूमा कुदाउन सक्ने भन्दा बढी शक्ति र थप उर्जासमेत प्रदान गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय