२०८२ जेष्ठ २९ बिहीबार

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पपछि चार घण्टाको अवधिमा ४ म्याग्निच्युडभन्दा माथिका तीन वटा परकम्प गएका छन् ।

‘गए रातिको भूकम्प आफैंमा परकम्प हो,’ केन्द्रका एक भूकम्पविद्ले भने, ‘अरु साना कैयौं परकम्पहरु गएका छन् । ४ रेक्टरभन्दा माथिका तीन वटा परकम्प मापन भएको छ ।’ उनका अनुसार जाजरकोटको रामिडाँडा आसपास केन्द्रविन्दु बनाएर ११ बजेर ४७ मिनेटमा ६ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

जमिनको सतहबाट करिब १० देखि १२ किलोमिटर मुनि भूकम्पको केन्द्र रहेको उनले बताए । राति ११ बजेर ४७ मिनेट जाँदा ६.४ रेक्टरको भूकम्प गएपछि १२ः८ मा ४.८, १२ः २९ मा ४. २ र १२ः ३५ मिनेट जाँदा ४. ३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

जाजरकोट केन्द्रबिन्दु भए गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२८ पुगेको छ। भूकम्पमा परी आज बिहानसम्म जाजरकोटमा ९२ जना र रूकुम पश्चिममा ३६ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए।

त्यस्तै जाजरकोटमा ७० र रूकुम पश्चिममा ८५ जना घाइते भएका छन्। अहिलेसम्म १०८ जना घाइतेलाई उद्धार गरी विभिन्न अस्पताल लगिएको पनि एसएसपी भट्टरईले जानकारी दिए भूकम्प प्रभावित क्षेत्रमा उद्धार र खोजी तीब्र पारिएको र तीन वटै सुरक्षा निकाय परिचालन भएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर