
नेपाली बजारमा साताको दोस्रो दिन आज सोमबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो।
सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेसँगै छापावाला सुन प्रतितोला १ लाख १५ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख १४ हजार ८५० रुपैयाँ कायम भएको छ।
हिजो सुनको मूल्य छापावाला सुन प्रतितोला १ लाख १५ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख १५ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।mत्यस्तै, आज चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार ४१५ रुपैयाँ कायम भएको छ।