२०८१ चैत्र १० आईतवार

काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तारका लागि खनेको सडक सडक विभागले सोमवार बिहान कालोपत्र गरेको छ ।

साताअघि महानगरपालिकाले न्युरोडको फुटपाथ क्षेत्र बढाउन भन्दै सडक खनेको थियो । त्यसपछि डिभिजन सडक कार्यालयले पत्रमार्फत उक्त कार्यमा रोक लगाएको थियो ।

डिभिजन सडकले सोमवार बिहान सडक कालोपत्र गर्न लाग्दा त्यहाँ नगर प्रहरी पुगेपछि विवाद भएको छ । न्यूरोड क्षेत्र जुद्ध सडकदेखि इन्द्रचोकको सडकलाई लिएर सडक विभाग र नगर प्रहरीबीच विवाद भएको छ । अहिले नगर प्रहरी र सडक विभागका अधिकारीबीच त्यहीँ छलफल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय