
भारतमा एलपीजी ग्यास सिलिन्डरको मूल्य वृद्धि भएको छ । १९ केजीको व्यावसायिक ग्यास सिलिन्डरको मूल्य परिवर्तन भएको हो ।
भने १४ केजीको घरेलु ग्यास सिलिन्डरको मूल्य भने यथावत रहेको छ । दिल्लीमा आइतबार सेप्टेम्बर १ तारिकदेखि व्यावसायिक एलपीजी सिलिन्डर ३९ रुपैयाँ महँगो भएको छ । दिल्लीदेखि मुम्बईसम्म व्यावसायिक ग्यास सिलिन्डरको नयाँ मूल्य सेप्टेम्बर १, २०२४देखि लागू गरिएको छ।
पछिल्लो परिवर्तनपछि अहिले राजधानी दिल्लीमा १९ किलोको एलपीजी सिलिन्डरको मूल्य १६५२.५० रुपैयाँबाट बढेर १६९१.५० रुपैयाँ भारु पुगेको छ ।