
रिडी पावर कम्पनीय लिमिटेडको कार्तिक १२ गते बसेको संचालक समितिको बैठकले कम्पनीले आफ्नो २३औं वार्षिक साधारण सभा मंसिर ७ गते बिहान ११ बजे गौशालामा रहेको होटल क्रिष्टल पशुपतिमा सभा आवहान गरेको छ।
साधारण सभामा सामान्य प्रस्तावको रुपमा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने,लेखा परिक्षण प्रतिवेदन सहित वास लात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तिय विवरणहरु स्वीकृत गर्ने, बाह्य लेखा परीक्षकको पारिश्रमिक निर्धारण गर्ने र इवाखोला जलविद्युत आयोजनाको मर्मतको लागि लिइएको अल्पकालिन ऋण अनुमोदन गर्ने प्रस्तावहरु रहेका छन्।
सभामा कम्पनीले बिशेष प्रस्तावको रुपमा रिडीको स्वामित्व रहेको साझा पावर कम्पनी लिमिटेडको कुल प्रस्तावित पुँजीको ५५ प्रतिशतका दरले हकप्रदबाट प्राप्त रु। ७७ करोड ४४ लाख ५० हजार ६०० सय लगानी गर्ने प्रस्ताव स्वीकृति गर्ने प्रस्ताव राखेको छ।
सभा प्रयोजनार्थ कम्पनीले कात्तिक २९ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। जस अनुसार कात्तिक २८ गतेसम्म कायम सेयरधनीहरू मात्र यस सभामा भाग लिन योग्य हुनेछन्।