
सर्वोत्तम सिमेन्ट लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
पुस ३ गते दिउँसो बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी ४ अर्ब ६५ करोड रुपैयाँको आधारमा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले पुस २६ गते छैटौं वार्षिक साधारण सभा बोलाएको छ। होटल भिलासा, भैरहवा, रुपन्देहीमा विहान ११ बजे सभा गर्ने निर्णय कम्पनीले गरेको हो। सभा प्रयोजनका लागि पुस १२ गते एक दिन बुक क्लोज गर्ने जानकारी कम्पनीले दिएको छ।
बुक क्लोजको आधारमा पुस ११ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।