
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक बलेफी गाउँपालिका-७ घर भई काठमाडौँ महानगरपालिका-२९ कालिकास्थान बस्ने ४७ वर्षीया लैला कुमारी गहतराजलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत काठमाडौंबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेकी उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कालिकास्थानबाट पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि प्रहरी वृत्त महाराजगन्ज पठाइएको छ।