२०८२ बैशाख ६ शनिबार

गायक, सङ्गीतकार तथा अभिनेता प्रकाश सपूतको निर्देशनमा डेब्यु फिल्म ‘वसन्त’को ट्रेलर सार्वजनिक गरिएको छ। शनिबार काठमाडौँमा एक कार्यक्रमबिच सार्वजनिक ४ मिनेट लामो ट्रेलरले फिल्मको कथावस्तुबारे महत्त्वपूर्ण प्रकाश पारेको छ।

जनआन्दोलनको परिवेशमा तयार पारिएको फिल्मले जात व्यवस्थाविरुद्धको कथा उठाएको छ। समाजमा जातकै आधारमा हुने भेदभाव, प्रेममा आउने तगारो र पात्रहरूले गर्ने संघर्षलाई ट्रेलरमा मर्मस्पर्शी रुपमा चित्रण गरिएको छ। ट्रेलरअनुसार फिल्मको कथा दुई पात्र वसन्त (प्रकाश सपूत) र शान्ति (स्वस्तिमा खड्का)को वरिपरि घुम्छ, जो प्रेममा छन् तर जात नमिलेकै कारण सम्बन्ध सङ्कटमा छ। जात व्यवस्था हटाउन शान्ति पात्रले विद्रोहको बाटो अपनाएको पनि ट्रेलरमा देखिन्छ।

ट्रेलर रिलिजपछि फिल्मको टिमले समाखुसीस्थित सिटी स्क्यावर भवनमा ‘वसन्त साँझ’को समेत आयोजना गरेको थियो। जसमा प्रकाशसहित शान्तिश्री परियार, प्रिती आले, देवेन्द्र बब्लुलगायतले साङ्गीतिक प्रस्तुति दिएका थिए।

यही चैत २२ गतेदेखि प्रदर्शन आउन लागेको ‘वसन्त’मा प्रकाश र स्वस्तिमासहित प्रभात पल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतको अभिनय छ। प्रकाश स्वयंको लेखन तथा संगीत रहेको फिल्ममा मोहन विश्वकर्मा र विन्दु बोहरा (सपूत) निर्मातामा छन्। फिल्ममा सुसन प्रजापतिको छायाङ्कन रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय