२०८१ चैत्र १० आईतवार

सर्वोत्तम सिमेन्ट लिमिटेडको छैटौँ वार्षिक साधारण सभा रुपन्देहीको सिद्धार्थ नगरपालिका भैरहवास्थित होटल सिद्धार्थ भिलासामा शुक्रबार सम्पन्न भएको छ।

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आ।व। २०८०/०८१ को वित्तीय विवरण, आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षकको नियुक्तिको प्रस्ताव सहित कम्पनीले आफ्नो चुक्ता पुँजीको ७ प्रतिशतका दरले हुन आउने ३२ करोड ५५ लाख रुपैयाँ बराबरको बोनस शेयर र चुक्ता पुँजीको ३ प्रतिशतका दरले हुन आउने १३ करोड ९५ लाख रुपैयाँ (लाभांश कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय