
नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले चालु आर्थिक वर्षको पुस मसान्तसम्म २ अर्ब ६३ करोड ५१ लाख २१ हजार रुपैयाँ नाफा कमाएको छ।
जुन गत आवको सोही अवधिको तुलनामा ३२.९७ प्रतिशतले कम हो। गत आवको सोही अवधिमा ३ अर्ब ९३ करोड १४ लाख ४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। यो अवधिमा कम्पनीको सञ्चालन १७ अर्ब ४९ लाख रुपैयाँ कायम भएको छ। गत आवको सोही अवधिमा १७ अर्ब २४ करोड ६७ लाख ८० हजार रुपैयाँ रहेको थियो।
यस्तै वित्तीय आम्दानी ३ अर्ब ६१ करोड ६१ लाख ५५ हजार रुपैयाँबाट घटेर २ अर्ब ३० करोड ३४ लाख १६ हजार रुपैयाँ रहेको छ। जसको असर कम्पनीको नाफामा देखिएको छ।
अन्य श्रोतबाट हुने आम्दानी भने २१ करोड ९ लाख २६ हजारबाट बढेर ४४ करोड ६५ लाख रुपैयाँ पुगेको छ। १८ अर्ब चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भ कोषमा ७३ अर्ब १४ करोड रुपैयाँ रहेको छ।
कम्पनीको प्रतिशेयर आम्दानी २९.२८ रुपैयाँ रहेको छ। गत आवको सोही अवधिमा ४३ रुपैयाँ ६८ पैसा थियो। प्रतिशेयर नेटवर्थ ५०६.३४ रुपैयाँ रहेको छ।