२०८१ चैत्र १० आईतवार

देशभित्र रोजगारी अभावका कारण नेपालबाट दैनिक हजाराैको संख्यामा युवाहरु वैदैशिक रोजगारकालागि विदेश पलायन भइरहेका छन्। नबिल बैंकले नेपालमैं स‌ंभावना देखेका र  यहीँ गर्न सकिन्छ भन्ने युवाहरुलाई केन्द्रित गरेर नबिल एसएसई कार्यक्रम सञ्चालन गर्दै आएको छ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक उद्यमशीलता प्रर्वद्धन गर्न तीन वर्ष अघि देखि ‘नबिल स्कुल अफ सोसल इन्टरपेनरसिप’ कार्यक्रम (नबिल एसएसई) सञ्चालन गर्दै आएको छ। यस नबिल एसएसई कार्यक्रमको उद्येश्य, समाजमा पारेको प्रभाव  र आगामी योजनाका बारेमा नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीसँग बिजनेश न्यूज नेपालका  दिपक पाण्डेयले गरेको कुराकानीको सम्पादित अंशः

१. ‘नबिल एसएसई कार्यक्रम के हो? यसले के काम गर्दछ?

नबिल एसएसई कार्यक्रम नविनतम सोच भइ आफ्नो उद्यम सञ्चालन गर्न चाहेका, सुरु गरिसकेका तथा उद्यमको विस्तार गर्न उद्यमशीलताको व्यावहारिक सिकाइको अपेक्षा गरिरहेका व्यक्तिहरुको लागि लक्षित कार्यक्रम हो। नबिल बैंकको पहल नेपालमा सामाजिक उद्यमशीलताको प्रवर्द्धन, समर्थन र विकासका लागि यो पहल गरिएको हो। यसले प्लेटफर्म प्रदान गर्दछ जसले व्यक्तिहरूकाे नवीन विचारहरूलाई प्रभावकारी सामाजिक उद्यमहरूमा बदल्न सशक्त बनाउँछ।

यसले महत्वाकांक्षी उद्यमीहरूलाई ज्ञान, सीप, स्रोतहरू र व्यवसाय सुरु गर्न वा मापन गर्न आवश्यक नेटवर्कहरू प्रदान गर्दछ। यसले सामाजिक उद्यमीहरूलाई वित्तमा पहुँच पुर्‍याउन सहज बनाउँछ।नबिल बैंकले ‘नबिल एसएसई फेलोसिप’ कार्यक्रम सन् २०२१ को नोभेम्बर २६ मा उद्घोष गरेको थियो। नबिल बैंकले २०७८ सादेलखी सामाजिक उद्यमशीलता प्रवर्द्धनका लागि विशेष कार्यक्रम सञ्चालन गर्दै आएको छ। नाफा र लाभांशको होडमा रहेका बैंकहरूको बीचमा नबिल बैंकले सामाजिक उद्यमशीलता प्रवर्द्धन गर्न नबिल एसएसई फेलोसिप कार्यक्रम सञ्चालन गर्दै आएको हो। उद्यम ‍तथा व्यापार गर्ने सोच भएका तर व्यावहारिक जानकारी नभएकाहरूका लागि नबिलले यस्तो कार्यक्रम ल्याएको हो।

– नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली

नबिल एसएसई फेलोसिप कार्यक्रम त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कूल अफ म्यानेजमेन्टको सहकार्यमा सञ्चालन हुन्छ। उद्यमशीलताको सोच भएका, के गर्ने भनेर सोच बनाइसकेका व्यक्तिलाई व्यावसायिकरुपमा सम्भाव्य बनाउनका लागि आवश्यक तालिम तथा प्रशिक्षण दिन बैंकले यो कार्यक्रम चलाएको हो। नबिल एसएसई फेलोसिप कार्यक्रम अन्तर्गत २ वटा कार्यक्रमहरु हुने गर्दछ। फेलोसिप र सर्टिफिकेट। यी दुबै कार्यक्रममा भिन्नता रहेको छ।

२. नबिल एसएसई अन्तर्गत फेलोसिप र सर्टिफिकेट कार्यक्रममा कस्ताे भिन्नता रहेको छ?

नबिल एसएसई कार्यक्रम अन्तर्गत दुई वटा कार्यक्रम रहेको छ। फेलोसिप र सर्टिफिकेट। फेलोसिप कार्यक्रम त्रिभुवन विश्वविद्यालय अन्तर्गतको छ महिने कार्यक्रम हो। जस्मा एउटा तालिममा २० जनाको समुहलाई छनाैट गर्दछाै। यो कार्यक्रम हरेक महिनाको ३ दिनको हुन्छ। फेलोसिप कार्यक्रममा १ वर्षको लागि मेन्टरसिप दिइन्छ। यो कार्यक्रम नि: शुल्क छ। यस कार्यक्रममा १८ वर्ष भन्दा माथि उमेर भएका व्यक्तिहरु सामावेश हुन सक्छन् ।  यो कार्यक्रम काठमाण्डाैंलाई केन्द्रित रहेर गर्ने गर्दछै। विभिन्न व्यापारीक योजना भएका, व्यवसाय दर्ता गरिसकेका र व्यापार कसरी सञ्चालनमा ल्याउने सोच भएका व्यक्तिलािई यस कार्यक्रम मार्फत तालिम दिइन्छ।

सर्टिफिकेट काेर्ष कार्यक्रम अन्तर्गत सातवटै प्रदेशका ११ वटा शैक्षिक संस्थाहरुलाई समेटेका छाैं। यो ३ महिनाको कोर्ष हो। यसमा १८ वर्षभन्दा माथि उमेर भएका व्यक्तिहरु सामावेश हुन सक्छन् । सर्टिफिकेट काेर्षमा विद्यार्थीहरुलाई मात्रै सामावेश नभएर उद्यम गर्छु भन्ने जाेसुकै व्यक्ति पनि सामावेश हुन सक्छन्। स्थानीय उद्यमीहरुकाे विकाशकालागि सर्टिफिकेट काेर्ष कार्यक्रम गर्दै आइरहेकाछाैं।

३. नबिल एसएसईसँग उद्यम गर्ने सोच भएका व्यक्तिहरु कसरी जोडिन सक्छन्?

नबिल एसएसई कार्यक्रम नविनतम सोच भइ आफ्नो उद्यम सञ्चालन गर्न चाहेका, सुरु गरिसकेका तथा उद्यमको विस्तार गर्न उद्यमशीलताको व्यावहारिक सिकाइको अपेक्षा गरिरहेका व्यक्तिहरु नबिल एसएसई कार्यक्रममा जोडिन सक्छन्। फेलोसिपले प्रत्येक फेलोको लागि १ वर्षको लागि सल्लाहकार पनि प्रदान गर्दछ। एउटा आवेदन कल यसको नयाँ समूहको लागि गरिन्छ जहाँ कुनै पनि इच्छुक उद्यमी र स्टार्ट-अपहरूले आवेदन दिन सक्छन्। पहिलोले आवेदनकाे मूल्याङ्कन गरिन्छ र प्यानललिस्टहरूद्वारा अन्तर्वार्ताका लागि बोलाइएका उम्मेदवारहरूलाई छोटो सूचीमा राखिन्छ। अन्तमा शीर्ष २० फेलोहरू समूहका लागि चयन गरिएका छन्।

 

त्यसैगरी, नेपालका ७ वटै प्रदेशका ११ साझेदार कलेजमा सर्टिफिकेट कोर्ष सञ्चालन भइरहेको छ। यो १४ दिनमा फैलिएको तीन महिनाको पाठ्यक्रम हो। यहाँ पनि सहभागीको व्यवसायिक विचारको आधारमा आवेदन मूल्याङ्कन गरिन्छ। २५ सहभागीहरूलाई एक समूहमा छनोट गरिन्छ र उनीहरूको उद्यमशीलता यात्रामा समर्थन गर्दछ।

४. सामाजिक परिवर्तनमा नबिल एसएसईले कसरी सहयोग पुर्‍याउनछ ?

समाजमा दिगो रुपमा सकारात्मक प्रभाव पार्ने व्यापारीक योजना भएका व्यतिहरुलाई हामीले सपोर्ट गर्दछाै। समाजमा समस्याका रुपमा रहेका  गरीबी र असमानताका कुराहरु समाधान गर्ने खालको व्यापारीक योजनालाई हामीले सपाेर्ट गर्दछाै। नबिल एसएसईले महत्वाकांक्षी सामाजिक उद्यमीहरूलाई आफ्नो उद्यम सुरु गर्न र मापन गर्न मद्दत गर्न सीप, ज्ञान र स्रोतहरू प्रदान गर्दछ। यसले गरिबी, असमानता, वातावरणीय ह्रास र अत्यावश्यक सेवाहरूमा पहुँचको अभाव जस्ता दबाबमूलक सामाजिक समस्याहरूलाई सम्बोधन गर्न अभिनव समाधानहरूको विकास गर्न सक्छ।

 

नबिल  एसएसईले एक रचनात्मक र समग्र दृष्टिकोण प्रदान गर्दछ। जसले सहभागीहरूलाई प्रयोगकर्ता आवश्यकताहरू बुझ्न र प्रभावकारी समाधानहरू विकास गर्न सिकाउँछ। यस्तो मोडालिटीले उनीहरूलाई सामाजिक समस्याहरूको अन्तरसम्बन्ध बुझ्न मद्दत गर्दछ र केवल लक्षणहरूको सट्टा मूल कारणहरूलाई सम्बोधन गर्ने हस्तक्षेपहरू डिजाइन गर्दछ।

५.नबिल एसएसईमा कति दिनको तालिम हुन्छ र तालिमको शुल्क कति लाग्छ?

स्कुल अफ म्यानेजमेन्ट, त्रि. वि. ​​सँगको सहकार्यमा सञ्चालित नबिल एसएसई कार्यक्रम अन्तरर्गत, फेलोसिप कार्यक्रम १८ दिनमा सञ्चालन हुने ६ महिनाको कार्यक्रम हो। सर्टिफिकेट कोर्स १४ दिनमा सञ्चालन हुने तीन महिनाको कार्यक्रम हो। फेलोसिप कार्यक्रममा कुनै पनि शुल्क पर्दैन। क्षेत्र भन्दा बाहिरको फेलोहरूले तालिम हुने ठाउँमा पुग्नको लागि चाहिने गाडी भाडा मात्र पर्दछ। यातायातको खर्च बाहेक बस्न खान र तालिम नि: शुल्क रहेको छ। सर्टिफिकेट कोर्स कार्यक्रममा आफ्नो प्रतिबद्धता सुनिश्चित गरिसकेपछि एनपीआर १,000 चार्ज लाग्दछ।

फेलोहरूले एक वर्षको अवधिको लागि सल्लाहकारहरू पनि प्राप्त गर्छन्। त्यसैगरी नेपालका प्रत्येक प्रदेशमा रहेका साझेदार कलेजहरूसँगको सहकार्यमा तीन महिनामा सर्टिफिकेट कोर्स सञ्चालित छ। पाठ्यक्रम १४ दिनमा तीन महिनामा फैलिएको उद्यमशीलताका सबै महत्त्वपूर्ण पक्षहरूलाई समेटिएको छ।

६. तपाईंले कस्ता सोच भएका उद्यमीहरुलाई तालिम दिदै हुनुहुन्छ?

समाजमा सकारात्म परिवर्तन ल्याउन सक्ने व्यापारीक योजना भएको व्यक्तिलाई यो तालिम दिने गर्दछाै। जसले बजारमा विभिन्न छनबिन गरिसकेका छन्। जस्ले विभिन्न व्यापारीक योजनाको सृजना गरिसकेका छन्। त्यस्तो प्रकारको योजना भएको व्यक्तिहरुलाई यो तालिम दिने गर्दछाै। जुनसुकै कक्षामा पढ्ने विद्यार्थीले यसमा भाग लिन पाउछन्। १८ वर्षभन्दा माथिका जोसुकैले यसमा भाग लिन पाउछन्।

पहिले नै आफ्नो व्यवसाय सुरु गरिसकेका मानिसहरूलाई अथवा आफ्नो व्यवसाय सुरु गर्न ठोस विचार र अनुसन्धान गरिसकेका व्यक्तिलाई लक्षित गर्दछ। यो कार्यक्रममा सामाजिकमा सकारात्मक  परिवर्तन सिर्जना गर्न र  नविन विचार भएका कुनै पनि व्यक्तिहरु  सामेल हुन सक्छन्।

सर्टिफिकेट कोर्षमा सामाजिक उद्यमशीलता मार्फत सकारात्मक सामाजिक प्रभाव सिर्जना गर्न चाहने व्यक्तिले आवेदन दिन सक्नेछन्। दुबै कार्यक्रमहरू कुनै पनि क्षेत्रका व्यक्तिका लागि हाे। कृषि, आईटी, हस्तकला, ​​आतिथ्य आदि। जुनसुकै क्षेत्रका व्यक्तिहरूले आवेदन दिन सक्छन्।

७. यस कार्यक्रम अन्तर्गत अहिलेसम्म कति उद्यमीको स्थापना भयो? कतिले रोजगारी प्राप्त गरे?

हालसम्म, फेलोसिप कार्यक्रममा तीन समूहहरूले तालिम लिसकेका छन्। जसमध्ये ६५ जना व्यक्तिले तलिम लिसकेका छन् र ४५ जनाले आफ्नो उद्यमी स्थापना गरिसकेका छन्। ४५ उद्यमबाट १,२०० जनालाई रोजगारी सिर्जना भएको छ। त्यसैगरी सर्टिफिकेट कोर्समा देशभरबाट ७९० भन्दा बढी इच्छुक उद्यमीले भर्ना गरेका छन्। सर्टिफिकेट कोर्षमा अहिलेसम्म देशभरी ७ वटै प्रदेशमा ७९०  जनाले तालिम लिसकेका छन्। जसमध्य ७२ वटा उद्यमहरु स्थापना भएक छन्।

८. नबिल एसएसईको आगामी योजना कस्तो रहेको छ? यो कार्यक्रमबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ?

नबिल एसएसईको आगामी योजना, नेपालका युवाहरूलाई नयाँ व्यापारीक योजनाका साथ आफ्नै देशमा काम गर्न सिकाउने हो। जसअन्तर्गत नेपालमै पढेपछि केही गर्न सकिन्छ। सीपको सदुपयोग गरेर नेपालमै काम गर्दा नवप्रवर्तन र उद्यमशीलताको शक्तिमार्फत थप जीवन र समुदायहरू परिवर्तन हुन सक्छ। नेपालका युवाहरूलाई आफ्नै देशमा सबै सम्भव छ भन्ने आशाको किरण प्रदान यस कार्यक्रमले गर्दछ।

नबिल बैंक, नेपालमा सामाजिक उद्यमशीलता प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको छ। नबिल एसएसई कार्यक्रम निरन्तर रुपमा चलिरहन्छ। हामी एउटा भविष्यको परिकल्पना गर्छौं जहाँ हरेक नवीन विचारको पालनपोषण हुन्छ। हरेक उद्यमशील यात्राले दिगो विकासमा योगदान पुर्‍याउँछ र जहाँ हाम्रा सहयोगी प्रयासहरूले थप समावेशी नेपालका लागि मार्ग प्रशस्त गर्छ। नबिल एसएसईको यात्रा भर्खरै सुरु भएको छ। र हामीले यो पहललाई थप मापन गर्ने योजना बनाएका छौं।

यस कार्यक्रयबाट हामीले साेचेकाे भन्दा राम्राे प्रतिक्रिया पाइरहेका छाै। कार्यक्रममा सहभागि व्यक्तिहरुले आफ्नै देशमा पनि केही गर्न सकिदाे रहेछ भन्ने प्रतिक्रिया पाइरहेका छाै। सहभागि उद्यमहरुले नबिल एसएसई कार्यक्रयलाई देशकाे हरेकाे ठाउँमा पुर्याउनुपर्छ भन्ने प्रतिक्रिया दिदैछन्। सबै सहभागि व्यक्तिहरुकाे प्रतिक्रिया एकदमै राम्रो रहेको छ। रोजगारको अवसरसँगै युवाहरु उद्यमी बन्दै गइरहेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय