२०८१ चैत्र १० आईतवार

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार)का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्य निर्धारण गरेको छ।

कालीमाटीमा आज पनि गोलभेँडा, आलु, फर्सी, काउली, बन्दासहितका तरकारीको मूल्य अरु तरकारीको दाँजोमा कम छ। कालीमाटीमा आज च्याउ, गाँजर, मुला, परबल, करेला, घिरौँलासहितका तरकारीको मूल्य हिजो भन्दा घटेको छ। कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ५५, ठूलो नेपाली गोलभेँडा ४५, सानो लोकल गोलभेँडा १८, रातो आलु ३२, भारतीय रातो आलु ३२, सुकेको भारतीय प्याज ७१, तराईको गाँजर २२, लोकल गाँजर ३०, बन्दा १०, तराईको काउली २०, ज्यापु काउली ३०, सेतो मुला १५, लाम्चो भन्टा २५, डल्ले भन्टा ४५ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरि करेला ९०, लौका ४५, तराईको परबल १७०, घिरौँला ९०, पाकेको फर्सी ४५, हरियो फर्सी ११, भिन्डी ९५, स्कुस ४०, रायोको साग २०, कन्य च्याउ ७०, डल्ले च्याउ २९०, ब्रोकाउली ४०, कुरिलो १३०० रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो। कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ५५, ठूलो नेपाली गोलभेँडा ४५, सानो लोकल गोलभेँडा १८, रातो आलु ३१, भारतीय रातो आलु ३१, सुकेको भारतीय प्याज ७१, तराईको गाँजर २७, सबैखाले बन्दा १०, तराईको काउली २०, ज्यापु काउली ३०, सेतो मुला २०, लाम्चो भन्टा २५, डल्ले भन्टा ४५ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरि करेला १००, लौका ४५, तराईको परबल १९०, घिरौँला १००, पाकेको फर्सी ४५, हरियो फर्सी १०, भिन्डी १०५, स्कुस ४०, रायोको साग २०, कन्य च्याउ ८३, डल्ले च्याउ ३३०, ब्रोकाउली ४०, कुरिलो १४३३ रुपैयाँ प्रतिकिलो थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय