२०८१ चैत्र १० आईतवार

कामना सेवा विकास बैंक लिमिटेडले १ लाख ११ हजार ४५३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याउने घोषणा गरेको छ। उक्त सेयर भने बैंकका विद्यमान संस्थापक सेयर धनीहरूलाई मात्र बिक्री गरिनेछ।

शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र आफूले के कति कित्ता खरिद गर्ने हो सो को विवरणसमेत खुलाई बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आवेदन दिनुपर्नेछ।

साथै, तोकिएको समयभित्र विद्यमान संस्थापकहरूबाट आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघिबढाइने पनि बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय